जहदा– मोरंग को जहदा गाउँपालिका स्तिथ स्थानीय लक्ष्मीनिया युवा क्लबले कोरोना मा खर्च भएको सम्पूर्ण रकम को विवरण सार्वजानिक गर्न भनेको छ। आज क्लब ले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा के कति खर्च भएको सम्पूर्ण विवरण सार्वजनिक गर्न जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेस गरेको छ।
नेपालको संबिधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ प्रयोग उक्त सुचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराईदिनु हुन् प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे समक्ष निवेदन पेस गरेको छ। निवेदन को दस्तुर रु. १० तिरेर क्लब ले तल उल्लेखित सम्पूर्ण विवरण छिटो भन्दा छिटो उपलब्ध गराइदिनु हुन् सूचना अधिकारीलाई अनुरोध गरेको छ।
१. कोरोना महामारी मा वितरण गरिएको सम्पूर्ण राहत सामग्री को विवरण ,कुन वार्डमा कति घर धुरीलाई के के वितरण गरियो नाम सहित को प्रतिलिपि।
२. कोरोना महामारी रोकथाम तथा नियनत्रण मा यस गाउँपालिका द्वारा कुन कुन शिर्षकमा के कति रकम खर्च भएको र के के समान ,संख्या र दर सहित को विवरण को प्रतिलिपि।
३.कोरोना महामारी मा कसलाई के कति भत्ता वितरण गरिएको नाम सहित रकमको विवरण।
४. कोरोना महामारी मा अन्य सबै खर्चको विवरण।
उक्त सूचना उपलब्ध गराउदा लागने कानुन बमोजिमको शुल्क बुझाउन तयार रहेको क्लब का अध्यक्ष नितेश शाहले जानाकारी दिए।